काठमाडौं, माघ १० । नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ७७ पैसा र बिक्री दर ११९ रुपैयाँ ३७ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३४ रुपैयाँ ७१ पैसा र बिक्री दर १३५ रुपैयाँ ३९ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१ रुपैयाँ र बिक्री दर १६१ रुपैयाँ ८२ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ३ पैसा र बिक्री दर १३० रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ३२ पैसा र बिक्री दर ८५ रुपैयाँ ७६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ९७ पैसा छ।
जापानी येन १० को खरिद दर १० रुपैयाँ ४५ पैसा र बिक्री दर १० रुपैयाँ ५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७४ पैसा र बिक्री दर १८ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ६६ पैसा र बिक्री दर ३१ रुपैयाँ ८२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ४२ पैसा र बिक्री दर ३२ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५१ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९६ पैसा र बिक्री दर १० रुपैयाँ ०१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। – आजको विनिमय दर हेर्न यहाँ क्लिक गर्नुहोस् https://www.nrb.org.np/forex/?fbclid=IwAR2UknTdWMbZ_ZcKhkZUaj9J_JKF_fRVNu2pI3OyNiExbMjaaCaDYV4T3NU























