Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

साढे १७ हजार शिक्षक माग, दुई लाखभन्दा बढीको आवेदन, अझै बढ्न सक्ने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ १०, २०७८ मा प्रकाशित

काठमाडौ, माघ १० । शिक्षक सेवा आयोगले प्राथमिकदेखि माध्यमिक तहसम्मका लागि साढे १७ हजार शिक्षक माग गर्दा दुई लाखभन्दा बढीले आवेदन दिएका छन् ।

आयोगले प्रावि तहमा १३ हजार दुई सय ९७, निमाविमा दुई हजार ६ सय ६ र माध्यमिक तहमा एक हजार पाँच सय ५२ शिक्षकका लागि विज्ञापन गरेको थियो । त्यसको १२ गुणा बढी आवेदन परेको छ ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार माध्यमिक तहका लागि ३६ हजार पाँच सय ५२ जनाको निवेदन परेको छ ।

त्यस्तै, निमावि शिक्षकका लािग ८६ हजार नौ सय १४ र प्राविका लागि ९७ हजार २९ आवेदन परेका छन् । प्रावि तहमा आवेदन फारम भर्ने समय अझै चार दिन बाँकी छ । तीन वर्षको अन्तरालमा यति धेरै पदपूर्ति हुन लागेको र शैक्षिक योग्यता बढी भएकाले तल्लो तहमा पनि आवेदन दिएकाले संख्या धेरै भएको हुन सक्ने सूचना अधिकारी मरहठ्ठाको भनाइ छ ।

‘प्राथमिक तहमा पदपुर्ति हुने दरबन्दी धेरै भएकाले पनि उमेरहद बढी नहुँदै सेवामा प्रवेश गर्नेको चाहना धेरै भएको हुन सक्छ,’ उनले भने, ‘धेरै संख्यामा दरबन्दी खुल्दा छनोट हुने सम्भावना धेरै भएकाले आवेदन दिनेको संख्या धेरै भएको हुन सक्छ ।’ सेवा–सुविधा बढ्दै गएकाले शिक्षण पेसाप्रति युवाको आकर्षण बढेको पनि हुन सक्ने उनको बुझाइ छ ।

शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार दुई सय ९७ शिक्षक माग गरेको छ । यसमा खुलातर्फ सात हजार दुई सय तीन, आदिवासी जनजातितर्फ एक हजार पाँच सय ९०, मधेसी एक हजार दुई सय ९८, दलित पाँच सय ३०, अपांगता भएका दुई सय ९३ र पिछडिएको क्षेत्रबाट दुई सय ३४ शिक्षक माग गरिएको छ । त्यस्तै, करिब दुई हजार महिला शिक्षकको मागेको छ । जसमा खुलातर्फ एक हजार आठ सय ५४, दलित ६० र मुस्लिम ३० शिक्षक माग गरिएको छ ।

शिक्षक बन्नका लागि अहिलेसम्म सात लाख १७ हजार एक सय पाँच जनाले अध्यापन अनुमतिपत्र लिएका छन् । आयोगका अनुसार माध्यमिक तहमा अध्यापनका लागि एक लाख ४४ हजार तीन सय ८१, निमावि तहका लागि तीन लाख ७० हजार १२ र प्राविका लागि दुई लाख दुई हजार सात सय १२ जनाले अनुमतिपत्र लिएका छन् ।

ताजा समाचारहरु

IMG-20260613-WA0000(1)

झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा 

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG_0349

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गु...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
719350988_1508152324124413_3415231723710013359_n

नवलपरासीमा सशस्त्रका सई माधव घिमिरेको असुली आतंक, सहायक हवल्दा...

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0174

श्याम्बल माध्यमिक विद्यालयमा बिषयगत शिक्षकको अभाव

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0085

शैक्षिक अवस्था गुज्रिदै प्रबोध माध्यमिक बिद्यालय

  • जेष्ठ २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.