Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

डर्टमण्डलाई धक्का : घाइते हालान्ड उपचारका लागि मैदान बाहिर

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ ११, २०७८ मा प्रकाशित

काठमाडौ । बोरुसिया डर्टमण्डका सर्वाधिक गोलकर्ता अर्लिङ हालान्ड चोटका कारण मैदानबाहिर बस्नुपर्ने भएको छ । क्लबले उनको मांसपेशीमा समस्या देखिएको जानकारी दिएको छ ।

शनिबार होफनहाइमविरुद्ध जीत हासिल गर्ने क्रममा ६३ औँ मिनेटमा घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए ।त्यसअघि खेलमा २१ वर्षीय नोर्वेजियन खेलाडीको दाहिने घुँडामा उपचार गरेर मैदानमा पुनः फर्किएका थिए । तर उनले पुरै खेल खेल्न सकेनन् ।

आइतबार र सोमबार उनको स्वास्थ्य परीक्षण गरिएको थियो । ‘हालान्डको मांसपेशीमा समस्या देखिएको छ र आगामी दिनमा थप परीक्षण र उपचारको आवश्यकता रहेको छ,’ डर्टमण्डले आफ्नो वेबसाइटमा सोमबार जानकारी दिएको छ । यो सिजन मांशपेसीको समस्याका कारण उनले खेल गुमाउनु परेको यो तेस्रो पटक हो ।

यसअघि सेप्टेम्बर र अक्टोबरमा उनले तीन खेल गुमाएका थिए भने अक्टोबर र नोभेम्बरमा पनि उनले सात खेल गुमाएका थिए । यसका बाबजुद उनले यो सिजन १४ बुन्डेस लिगका खेलमा उनले १६ गोल गरिसकेका छन् ।

डर्टमण्डले उनी कति समय मैदान बाहिर रहनुपर्छ भनेर चाहिँ खुलाएको छैन । २० खेलपछि डर्टमण्ड लिगमा दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा बार्यन म्युनिखभन्दा टोली ६ अंकले पछि रहेको छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved