काठमाडौं, माघ ११ । मंगलबार नेपाली बजारमा सुनकाे मूल्य प्रतिताेला ५०० रुपैयाँले बढेकाे छ ।
साेमबारकाे तुलनामा मंगलबार छापावाला सुनकाे मूल्य प्रतिताेलामा ५००ले बढेर ९४ हजार रुपैयाँ कायम भएकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार भएको थियो ।
यसैगरी, मंगलबार तेजावी सुनको मूल्य पनि सोही दरमा नै वृद्धि भइ प्रतितोला ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । यस्तै हिजो प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ घटेर आज प्रतितोला १३ सय रुपैयाँ कायम भएको छ ।























