बारा, माघ ११ । बारामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको कोल्हवी नगरपालिका – ३ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।
माघ १० गते एन्टीजेन परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उनको नारायणी अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान पौने ५ बजे मृत्यु भएको हो ।
अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहका अनुसार उनमा कोभिड निमोनिया भइसकेको थियो । उनले कोभिड–१९ विरुद्धको कुनै पनि भ्याक्सिन लगाएका थिएनन् ।























