काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ३५ पैसा र बिक्री दर ११९ रुपैयाँ ९५ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३४ रुपैयाँ ६९ पैसा र बिक्री दर १३५ रुपैयाँ ३६ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१ रुपैयाँ २२ पैसा र बिक्री दर १६२ रुपैयाँ ०३ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ६६ पैसा र बिक्री दर १३० रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ७६ पैसा र बिक्री दर ८६ रुपैयाँ ०५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ४३ पैसा छ।
जापानी येन १० को खरिद दर १० रुपैयाँ ४५ पैसा र बिक्री दर १० रुपैयाँ ५१ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८८ पैसा र बिक्री दर १८ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८२ पैसा र बिक्री दर ३१ रुपैयाँ ९८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ७८ पैसा र बिक्री दर ३२ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६२ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९७ पैसा र बिक्री दर १० रुपैयाँ ०२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। – आजको विनिमय दर हेर्न यहाँ क्लिक गर्नुहोस् https://www.nrb.org.np/forex/?fbclid=IwAR2UknTdWMbZ_ZcKhkZUaj9J_JKF_fRVNu2pI3OyNiExbMjaaCaDYV4T3NU























