काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ८०८ जनाको नमुना परीक्षण गरिएको थियो ।
यस्तै सोही अवधिमा देशभर कोरोनाभाइरसबाट १५ जनाको संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाको कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ६८७ जना पुगेको मन्त्रालयले जनाएको छ । देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ३९ हजार २६७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख २२ हजार ८३८ जना पुगेको छ ।
यसैगरी आज ५ हजार २१९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ३७ हजार ४ जना निको भएका छन् । बुधबारको तथ्यांकसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ९० हजार ५७६ जना पुगेको छ ।























