Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

क्रिकेट खेलाडीको वर्गीकरण : कुन श्रेणीमा को, कति हुन्छ तलब ?

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ १४, २०७८ मा प्रकाशित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको वर्गीकरण गर्दै सेन्ट्रल कन्ट्र्याक्टमा अनुबन्ध गरेको छ। क्यानको बिहीबार बसेको बैठकले महिला तथा पुरुष खेलाडीलाई सन् २०२२ का लागि सेन्ट्रल कन्ट्र्याक्टमा अनुबन्ध गर्ने निर्णय गरेको हो।

पुरुषतर्फ ‘ए’ श्रेणीमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी परेका छन्। यस्तै ‘बी’ श्रेणीमा कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, अभिनाश बोहरा, शरद् भेषवाकर र विनोद भण्डारी छन्। यसैगरी ‘सी’ श्रेणीमा कुशल मल्ल, रोहितकुमार पौडेल, कमलसिंह ऐरी, विक्रम सोब, साहब आलम, सुशन भारी र पवन सर्राफ छन्।

यसैगरी महिलातर्फ ‘ए’ श्रेणीमा रुबिना क्षत्री, सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी परेका छन्। यस्तै ‘बी’ श्रेणीमा सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सबनम राई र ज्योति पाण्डे छन्। ‘सी’ श्रेणीमा डली भट्ट, कविता जोशी, संगीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल छन्।

वर्गीकरणमा परेका ‘ए’ श्रेणीका पुरुष खेलाडीले मासिक ५० हजार, ‘बी’ले ४० हजार र ‘सी’ श्रेणीका खेलाडीले ३० हजार रुपैयाँ पारिश्रमिक पाउने छन्। यसैगरी ‘ए’ श्रेणीका महिला खेलाडीले १५ हजार, ‘बी’ श्रेणीले १२ हजार र ‘सी’ श्रेणीमा परेका खेलाडीले मासिक १० हजार पारिश्रमिक पाउने छन्।

क्यानको २०७७ असोज ७ गते चितवनमा बसेको बैठकले महिला क्रिकेटरलाई पनि तलबको व्यवस्था गरेको हो। त्यसअघि पुरुष खेलाडीले मात्रै तलब पाउँदै आएका थिए। बैठकले क्यानको वार्षिक साधारणसभा आगामी फागुन १३ र १४ गते धनगढीमा गर्ने निर्णय गरेको छ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved