काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ – राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ८२ पैसा र बिक्री दर १२० रुपैयाँ ४२ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३४ रुपैयाँ १७ पैसा र बिक्री दर १३४ रुपैयाँ ८५ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ ९० पैसा र बिक्री दर १६१ रुपैयाँ ७१ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ १९ पैसा र बिक्री दर १२९ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ९८ पैसा र बिक्री दर ८५ रुपैयाँ ४० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ५६पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ०४ पैसा छ।
जापानी येन १० को खरिद दर १० रुपैयाँ ४२ पैसा र बिक्री दर १० रुपैयाँ ४७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ९४ पैसा र बिक्री दर ३२ रुपैयाँ १० पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ९१ पैसा र बिक्री दर ३३ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ। मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६९ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९६ पैसा र बिक्री दर १० रुपैयाँ ०१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।























