Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

अग्रता जोगाउन नसक्दा ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ १४, २०७८ मा प्रकाशित

काठमाडौ । कतारमा यसै वर्ष आयोजना हुने विश्वकप फुटबलमा छनोट भइसकेको ब्राजिलले दक्षिण अमेरिकी महादेशको छनोटमा शुक्रबार बिहान इक्वेडरसँग बराबरी खेलेको छ।

सुरूआती अग्रता जोगाउन नसक्दा ब्राजिल बराबरीमा रोकिन बाध्य भयो। खेलको छैठौं मिनेटमा कासेमिरोले गोल गर्दै ब्राजिललाई सुरूआती अग्रता दिलाएका थिए।

खेलको १५ औं मिनेटमा गोलरक्षक एलेक्सजेन्डर डोमिन्गुएजले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि इक्वेडर १० खेलाडीमा सीमित भयो । त्यसको पाँच मिनेटपछि इमेर्सन रोयल दोहोरो पहेँले कार्ड पाउँदै ब्राजिल पनि १० खेलाडीमा समेटियो।

त्यसपछि खेलमा फर्कन निकै संघर्ष गरेको इक्वेडरले ब्राजिलविरूद्ध दबाब कायमै राख्यो। पहिलो हाफमा १-० ले पछि परेको इक्वेडरले दोस्रो हाफको अन्त्यतिर बराबरी गोल फर्कायो । खेलको ७५ औं मिनेटमा फेलिक्स टोरेसले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि खेलमा दुबै तर्फबाट गोल हुन नसक्दा १-१ को बराबरीमा सकियो।

यो बराबरीसँगै ब्राजिलले १४ खेलबाट ३६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा कायमै छ। यता ब्राजिलसँग बराबरी खेलेको इक्वेडरले छनोटको सम्भावना जिवितै राखेको छ। यो बराबरीसँगै इक्वेडरको १५ खेलबाट २४ अंक भएको छ।

यो समूहबाट शीर्ष ४ टोली विश्वकपमा सोझै छनोट हुनेछन्। यसअघिनै ब्राजिल र अर्जेन्टिना कतार विश्वकपमा पुगिसकेका छन्। अब बाँकी दुई टोली सोझै पुग्नेछन् भने पाँचौ टोलीले प्लेअफ खेल्नेछ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved