Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

साताको अन्तिम दिन नेप्सेमा झिनो अंकको सुधार

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ १४, २०७८ मा प्रकाशित

काठमाडौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूूचकमा झिनो अंकले सुधार आएको छ । पछिल्लो समय घटेर दुई हजार तीन सय बिन्दुुसम्म झरेको बजारमा सेयर किनेका लगानीकर्ताले दुई हजार नौ सयसम्म आइपुुग्दा प्रोफिट बुक गर्न सफल भएसँगै नेप्से करेक्सनमा आएको हो ।

जसका कारण बजार दुई हजार नौ सय बिन्दुुबाट ओर्लिएर एक सय ५४ अंक गुुमाउँदै बिहीबार तीन दशमलव ३३ अंकले घटेर दुुई हजार सात सय ७९ दशमलव ९८ बिन्दुुमा पुुगेको छ । यस दिनबाट बजारमा प्रोफिट बुक गर्ने लगानीकर्ता सकिएको र ‘पर्ख हेर’को स्थितिमा लगानीकर्ता देखिँदा बजार अन्तिममा झिनो अंकले बढेर बन्द भएको एक लगानीकर्ता बताउँछन् ।

कारोबारको पाँच दिनमा बजार प्रेसर सेलिङले चार दिनसम्म करेक्सन हुुन पुुग्यो र सेलिङ कारोबार सकिएकाले हरियो हुँदै बन्द भएको देखियो । यसको अर्थ आगामी बजार यात्रा सकारात्मक हुने अपेक्षा राख्न सक्ने आधार तय भएको ती लगानीकर्ताको भनाइ छ ।

सेलिङ प्रेसर सकिएकाले नै सेयर खरिद–बिक्री रकममा पनि कमी आएको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुुई सय २४ स्क्रिप्टको ६६ लाख ७५ हजार कित्ता–इकाइ सेयर खरिद–बिक्री हुुदा तीन अर्ब ३४ करोड ३४ लाखको कारोबार भएको छ । यसअघि पुुस २२ गते बिहीबारको कारोबार पनि तीन अर्ब ६० करोडमै सीमित भएको थियो । प्रोफिट बुुक गर्ने लगानीकर्ता नहुुनुु र बजार प्रवेश गर्न ‘पर्ख र हेर’को अवस्था सिर्जनाले कारोबारमा गिरावट आएको अनुुमान लगानीकर्ताको छ ।

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल दूूरसञ्चार कम्पनी, अपि पावर कम्पनी, शिखर इन्स्योरेन्स कम्पनी, आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा धेरै अर्थात् नौ करोड रुपैयाँदेखि २० करोड दुुई लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

कारोबारमा आएका १३ वटा समूूहका सूूचकमध्ये सात समूूहका सूूचक मात्र सकारात्मक रहेका छन् । बाँकी पाँच समूूहका सूूचक नकारात्मक रहेका छन् । निर्जीवन बिमा समूूह, माइक्रो फाइनान्स समूूह, फाइनान्स समूूह, जलविद्युुत् समूूह, लगानीगत समूहको सूूचक सकारात्मक रहेको छ । झिनो अंकले बढेको सूूचकमा ९० वटा स्क्रिप्टको सेयर मूूल्य बढेको छ भने ८६ वटा स्क्रिप्टको सेयर मूूल्य घटेको छ ।

विन लघुुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूूल्य लगातार साताभरि १० प्रतिशतले बढेर सर्किट मूूल्यमा कारोबार भएको छ । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अजोड इन्स्योरेन्स कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको सेयर मूूल्य ७ प्रतिशतदेखि ८ दशमलव ७२ प्रतिशतले बढेको छ ।

यस्तै, सप्तकोसी डेभलपमेन्ट बैंक, युनाइटेड इदिमर्दी हाइड्रोपावर, नबिल इक्विटी फन्ड, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथस्किम, एनएमबि माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर मूूल्य २ प्रतिशतदेखि चार दशमलव १४ प्रतिशतले घटेको छ ।

ताजा समाचारहरु

FB_IMG_1781349305572

भारतीय नयाँ एसओपीका कारण नेपाली चिया उद्योग संकटमा, असार १ गते...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG-20260613-WA0000(1)

झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा 

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG_0349

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गु...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
719350988_1508152324124413_3415231723710013359_n

नवलपरासीमा सशस्त्रका सई माधव घिमिरेको असुली आतंक, सहायक हवल्दा...

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0174

श्याम्बल माध्यमिक विद्यालयमा बिषयगत शिक्षकको अभाव

  • जेष्ठ २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.