काठमाडौं, माघ १६ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७७ पैसा र बिक्री दर १२० रुपैयाँ ३७ पैसा कायम गरेको छ ।
युरो एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३४ रुपैयाँ ०३ पैसा कायम गरिएको छ । पाउन्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ २६ पैसा र बिक्री दर १६१ रुपैयाँ ०६ पैसा छ । यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ६५ पैसा र बिक्री दर १२९ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ८३ पैसा र बिक्री दर ८४ रुपैयाँ २५ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ०२ पैसा छ । जापानी येन १० को खरिद दर १० रुपैयाँ ३६ पैसा र बिक्री दर १० रुपैयाँ ४१ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ९२ पैसा र बिक्री दर ३२ रुपैयाँ ०८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८९ पैसा र बिक्री दर ३३ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७३ पैसा रहेको छ ।
यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८९ पैसा र बिक्री दर १० रुपैयाँ ९४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।























