Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

वैदेशिक रोजगारबाट फर्किएकामा देखियो कुष्ठरोग

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ १७, २०७८ मा प्रकाशित

झापा । झापामा वैदेशिक रोजगारीबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ। झापामा चालु आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तसम्म पाँच जनामा कुष्ठरोग देखिएको हो।

नेपाल कुष्ठरोग जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, झापा गाउँपालिका, दमक र बिर्तामोड नगरपालिकामा एकरएक जना कुष्ठरोगी फेला परेको जानकारी दिए। उनीहरुको रोग पहिचानपछि उपचार सुरु भइसकेको छ। यसबाट वैदेशिक रोजगारीबाट फर्किएकाहरु समेत कुष्ठरोगको जोखिम रहेको देखिन्छ।

‘विदेशमा काम गर्ने क्रममा धेरै जना एउटै कोठामा बस्ने गर्छन्’, उनले भने, ‘यसका कारण उनीहरु कुष्ठरोगको जोखिम हुन्छ।’

झापामा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ३६ जना नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए। तीमध्ये एकरएक बालक र बालबालिका छन्। कुष्ठरोग निर्मूल पार्न ०–१४ वर्ष उमेर समूहलाई विशेष रुपमा हेरिन्छ। तर, दुई जना बालबालिकामा कुष्ठरोग देखिनुले उनीहरु कुष्ठरोगको जोखिममै रहेको देखिन्छ। जिल्लामा गत वर्ष १० बालबालिकामा कुष्ठरोग देखिएको कार्यालयले जनाएको छ।

यस रोगको जटिलता अनुसार १४ जनालाई ६ महिने र २२ जनालाई एक वर्षे कुष्ठरोगको औषधि सेवन गराइँदैछ। औषधिबाट मात्रै उपचार सम्भव नभएका बिरामीलाई कुष्ठरोग सेवा केन्द्र लालगढ र आनन्दवन पठाइँदै आएको छ। गत वर्ष त्यस्ता २१ जना कुष्ठरोगीलाई पठाइको जनस्वास्थ्य निरीक्षक श्रेष्ठ जानकारी दिँए। उनले भने‚ ‘यस वर्षपछि तीनरचार जना रोगीलाई थप उपचारका लागि पठाएका छौँ।’

झापामा पछिल्लो चार वर्षयता कुष्ठरोगीको संख्या भने घट्दै गएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ छ। आर्थिक वर्ष २०७५/०७६ मा २१२ , आर्थिक वर्ष २०७६/०७७ मा १४० र आर्थिक वर्ष २०७७/०७८ मा ९५ जना कुष्ठरोगी फेला परेका थिए। यसैगरी चालु आर्थिक वर्षको ६ महिनाका अवधिमा ३६ जनामा कुष्ठरोग देखिएको छ। यसले जिल्लामा कुष्ठरोगीको संख्या घट्दै गएको देखाउँछ।

यसरोग निवारण अभियानमा जुटेका भने कोरोना भाइरसको संक्रमणका कारण रोगीको पहिचान गर्न नसकिएकाले तथ्यांक कम आएको बताउँछन्। जिल्ला कार्यक्रम संयोजक पोखरेलले भने, ‘कोरोना कारण ‘केश फाइण्डिङ’को काम हुन सकेको छैन, अहिले देखिएका कुष्ठरोगी स्वतस्फूर्तरुपमा हाम्रो सम्पर्कमा आएका हुन्।’

जनस्वास्थ्य निरीक्षणक श्रेष्ठ सक्रिय खोजपड्ताल अर्थात् घरघरमा गएर चेकजाँच गर्ने हो भने कुष्ठरोगीको संख्या बढ्ने बताउँछन्। ‘यो एउटा सामाजिक रोग हो,’ उनले भने‚ ‘यो सामाजिक संस्कारसँग जोडिएको छ, त्यसैले यसलाई निर्मूल पार्नु चुनौतिपूर्ण काम हो।’

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ईश्वरी पौडेल मानिसमा व्याप्त अज्ञानताले कुष्ठरोगलाई मलजल गरेको बताउँछन्। ‘सामाजिक विभेदको डर पनि लक्षण देखिए पनि कुष्ठरोग पहिचानका लागि मानिस आउँदैनन्’, उनले भने, ‘यसले रोगको पहिचान नभएर समुदायमा कुष्ठरोगको जोखिम बढिरहेको छ।’

छाला र स्नायूमा असर गरी मानिसको शरीर अंगभंग हुने कुष्ठरोगको एक मात्रा औषधि सेवनले मात्र पनि रोगको सर्ने सम्भावना ९९ प्रतिशत घट्ने उनले बताए।

कपिलवस्तु र बाँकेपछि झापा मुलुकभरमा कुष्ठरोगी संख्या बढी भएको झापा तेस्रो जिल्ला हो भने प्रदेश १ मा पहिलो हो। झापापछि मोरङ दोस्रो स्थानमा छ। सन् २०३० भित्रमा कुष्ठरोग मुक्त मुलुक बनाउने सरकारको लक्ष्य छ। रासस

ताजा समाचारहरु

IMG_0349

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गु...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
719350988_1508152324124413_3415231723710013359_n

नवलपरासीमा सशस्त्रका सई माधव घिमिरेको असुली आतंक, सहायक हवल्दा...

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0174

श्याम्बल माध्यमिक विद्यालयमा बिषयगत शिक्षकको अभाव

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0085

शैक्षिक अवस्था गुज्रिदै प्रबोध माध्यमिक बिद्यालय

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
FB_IMG_1781188198970

सूर्योदयमा पत्रकारिता सीप अभिवृद्धि तालिम सम्पन्न, दक्ष सञ्चार...

  • जेष्ठ २८, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.