Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

जनता आधारभुत विद्यालय धनगढवाकाे १३औं वार्षिकोत्सब सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ १७, २०७८ मा प्रकाशित

महेश यादव
नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर -५ मा अवस्थित श्री जनता आधारभुत विद्यालय धनगढवाकाे १३औं वार्षिकोत्सबकाे अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गाेपिचन्द हरिजनकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अतिथतामा आयाेजित विद्यालयको १३औं वार्षिकोत्सबकाे अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चाैधरीले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरुकाे भविष्यलाई उज्ज्वल बनाउदै अगाडि बढिरहेको प्रसंसा ब्यक्त गर्नुभएको थियो । उहाँले यस विद्यालयलाई आधारभुत तहबाट माध्यमिक तहमा वृद्धि गराई नमुना विद्यालयकाे रुपमा स्थापना गर्न आफु सधैं अगाडि रहने र पालिकाबाट नै आर्थिक बजेट व्यवस्थापन गरि विद्यालयलाई अगाडि बढाउने प्रतिबद्धता समेत गर्नुभएको हाे । साथै यस समुदायका बालबालिकाहरुलाई प्राविधिक धारकाे माध्यमिक शिक्षा लिन अन्त जान नपराेस भनि आफू विद्यालय र यस समुदायका विद्यार्थी बालबालिकाहरुकाे लागि गाउँपालिका र प्रदेश सरकार संग समन्वय गरि अगाडि बढाउने बताएका थिए ।

साे अवसरमा प्रधानाध्यापक रविन्द्र गाैडले विद्यालयकाे प्रगति प्रतिवेदन पेस गर्दै हालसम्म विद्यालयले अङ्ग्रेजी माध्यममा नै शिक्षा प्रदान गर्दै आईरहेकाे बताएका थिए । साथै विद्यालयकाे १३औं वार्षिकोत्सबकाे अवसरमा आयाेजित अन्तरक्रिया तथा सम्मान कार्यक्रममा गरिव, विपन्न, उत्तकृष्ट तथा अभिभावक विहिन बालबालिका सहित विद्यालयलाई विभिन्न माध्यमबाट सहयोग पुर्याउदै आईरहेका ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियोे ।

साे अवसरमा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष उत्तमा राय, बुद्ध प्रकाश पाैडेल, वडा नम्बर -५ का वडा अध्यक्ष दिनेश सहानि, अतिथिहरु विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष श्रीराम कहार, एविसि नेपालका सुपरभाइजर कृति थापा, साईद निशा पठान, पत्रकार बेचु गाैड, उमेश विक, महेश यादव, समाजसेवी सुरेश यादव, पुर्व शिक्षक बालमुकुन्ड चाैधरी प्रहरी लगायतले मन्तव्य ब्यक्त गर्नुुभएकाे थियो ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.