काठमाडौ । साबिक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको अन्तिम १६ बाटै बाहिरिएको छ । गए राति भएको खेलमा निससँग पेनाल्टी सुटआउटमा ६–५ ले पराजित हुँदै पीएसजी स्तब्ध बनेको हो ।
निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल नभएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । निसका गोलिकिपर मार्सिन बुल्काले पीएसजीका लियानार्दो प्राडेस र जाभी सिमोन्सको प्रहार रोकेका थिए ।

निसका डेलोर्टको प्रहार गोल नभए पनि बाँकी सबै खेलाडीले गोल गरेका थिए। कोरोना संक्रमणपछि टोलीबाट बाहिर रहँदै आएका स्टार खेलाडी मेसी सोमबार निसविरुद्धको खेलमा फर्किए पनि पीएसजीलाई जिताउन सकेनन् ।
















