काठमाडाैं, माघ १८ । नेपाली राष्ट्रिय फुटबल टोलीले मोरिसससँगको दोस्रो मैत्रीपूर्ण खेल आज खेल्दैछ । फिफा डे को अवसरमा नेपालले मोरिसससँग दुई मैत्रीपूर्ण फुटबल आयोजना गरेको थियो । पहिलो खेलमा नेपाल १–० ले विजयी रह्यो ।
सुरुमा अनुशासनको कारबाही र त्यसपछि चोटका कारण दुई वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका स्ट्राइकर विमल घर्तीमगरले निर्णायक गोल गरेपछि दशरथ रंगशालामा शनिबार नेपालले जित हासिल गरेको थियो । दोस्रो खेल आज पौने पाँच बजेदेखि दशरथ रंगशालामै हुनेछ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी क्षमताको एक दिहाई दर्शक राख्न सरकारले अनुमति दिएकाले यो खेलमा पनि दर्शकको उपस्थिति हुनेछ ।

अखिल नेपाल फुटबल संघ एन्फाले अघिल्लो खेलमा ३ हजार टिकट बेचेको थियो । एन्फाले साधारण प्यारापिटतर्फ ५ सय र भीआईपीतर्फ १ हजार टिकट मूल्य तोकेको छ । आजको खेलमा नेपालको जित लक्ष्य हुनेछ ।
















