काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि बिदेशी मुद्राको बिनिमय दर सार्वजनिक गरेको छ। मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ २२ पैसा र बिक्री दर ११९ रुपैयाँ ८२ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३६ रुपैयाँ १७ पैसा र बिक्री दर १३६ रुपैयाँ ८५ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१ रुपैयाँ १६ पैसा र बिक्री दर १६१ रुपैयाँ ९७ पैसा छ।
यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ९८ पैसा र बिक्री दर १२९ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ५९ पैसा र बिक्री दर ८५ रुपैयाँ ०१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ०८ पैसा छ।
जापानी येन १० को खरिद दर १० रुपैयाँ ३६ पैसा र बिक्री दर १० रुपैयाँ ४१ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७५ पैसा र बिक्री दर १८ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ७८ पैसा र बिक्री दर ३१ रुपैयाँ ९४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६४ पैसा र बिक्री दर ३२ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६३ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९४ पैसा र बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।























