Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

अफ्रिका कप जितेपछि मानेले भने– यो मेरो जीवनको उत्कृष्ट ट्रफी हो

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ २५, २०७८ मा प्रकाशित

काठमाडौ । सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेसँगै टोलीका एक महत्वपूर्ण सदस्य साडियो मानेले खुसी व्यक्त गरेका छन् । यसअघि दुईपटक फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको सेनेगलले पेनाल्टी सुटआउटमा इजिप्टलाई हराउँदै उपाधि आफ्नो पोल्टोमा पारेको हो।

जितपछि लिभरपुलबाट व्यावसायिक फुटबल खेल्दै आएका मानेले भने, ‘यो मेरो जीवनको सबैभन्दा उत्कृष्ट दिन हो र जीवनको सबैभन्दा उत्कृष्ट ट्रफी हो।’ ‘मैले यसअघि पनि च्याम्पियन्स लिग र अन्य केही ट्रफी जितेको छु तर यो मेरो लागि विशेष छ’, २९ वर्षीय फरवार्डले थपे।

मानेले आफ्नो समग्र टोलीले दिएको उत्साहले नै यो ट्रफी हात पार्ने कार्य सम्भव भएको बताए। उनले प्रशिक्षक तथा टोलीका सबै सदस्यप्रति आभार व्यक्त गरे। उनले आफूले सुरुमा पेनाल्टी मिस गर्नु आफ्नो लागि दुःखको कुरा रहेको सुनाए।

‘यद्यपि जब म टोलीका अन्य साथीहरुसँग पुगेँ। उनीहरुले भने–साडियो! हामी जिते एकसाथ जित्छौँ र हारे एकसाथ हार्छौँ। हामी तिमीलाई राम्रोसँग चिन्छौँ। तिमीले हाम्रो लागि धेरै गरेका छौ। यसलाई जारी राख’, मानेले सम्झिए। साथीहरुले यस किसिमको भनाइले आफूलाई पनि हौसला मिलेको मानेले बताए। अफ्रिका कप अफ नेसन्स उपाधिको हकदार सेनेगल टोलीका सबै सदस्य रहेको उनले बताए।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved