काठमाडौं । आजको लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ३० पैसा र बिक्री दर ११९ रुपैयाँ ९० पैसा कायम गरेको छ। युरो एकको खरिद दर १३६ रुपैयाँ २३ पैसा र बिक्री दर १३६ रुपैयाँ ९१ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१ रुपैयाँ ६६ पैसा र बिक्री दर १६२ रुपैयाँ ४८ पैसा छ।
यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ २३ पैसा र बिक्री दर १२९ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ०४ पैसा र बिक्री दर ८५ रुपैयाँ ४६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ४५ पैसा छ।
जापानी येन १० को खरिद दर १० रुपैयाँ ३५ पैसा र बिक्री दर १० रुपैयाँ ४० पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७४ पैसा र बिक्री दर १८ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८० पैसा र बिक्री दर ३१ रुपैयाँ ९६ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ७७ पैसा र बिक्री दर ३२ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६५ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९७ पैसा र बिक्री दर १० रुपैयाँ ०२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।























