काठमाडौँ, माघ २६ । यसबर्षको एसईई परीक्षा बैशाख ९ गते देखि हुने भएको छ। बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए।
उनले संचारकर्मी संग भने, ‘परीक्षाको मिति तय भएको हो। बैशाख ९ गतेदेखि परीक्षा हुने भएको हो।’ परीक्षाको समयतालिका बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने तयारी छ।























