Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल : नेपाल पुलिस क्लबलाई तीन अंक

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ २७, २०७८ मा प्रकाशित

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो।

पुलिसलाई जित दिलाउन रविशंकर पासवानले दुवै गोल गरेका हुन्। च्यासलका मौसा अबागानाले एक गोल फर्काएका थिए । खेलको ३७औं मिनेटमा मिडफिल्डर पासवानले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए। नीरकुमार राईले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए।

पहिलो हाफमा १–० गोलले पछि परेको च्यासल ५३औं मिनेटमा खेलमा फर्किएको थियो। मौसाले पेनाल्टीमा गोल गर्दै च्यासललाई १–१ गोलको बराबरीमा ल्याएका थिए। पुलिसका कप्तान सुमन सुवेदीले रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टी पाएको थियो। जसलाई मौसाले सदुपयोग गरेका थिए।

त्यसपछि खेलको ७०औं मिनेटमा रवि पासवानले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाए। सुमन लामाले उपलब्ध गराएको बललाई नियन्त्रणमा लिँदै उनले उत्कृष्ट गोल गरेका थिए। ८७औं मिनेटमा च्यासलले गोलको सुवर्ण अवसर गुमाएको थियो। विकास मेराग्लियाले उपलब्ध गराएको पासलाई कर्ण सुब्बाले सदुपयोग गर्न सकेनन्। यसैगरी इन्जुरी समयमा यान्निक केचाको प्रहार पोस्ट्मा लागेर बाहिरिँदा च्यासल पराजय बेहोर्न बाध्य भयो।

पुलिसका रवि पासवान प्लेयर अफ दी म्याच चुनिए। उनले १० हजार पुरस्कार पाए। जितसँगै पुलिसले नौ खेलमा १० अंक जोडेको छ। पुलिस लिगको १०औं स्थानमा उक्लिएको छ। नौ खेलमा पाँच अंक जोडेको च्यासल १३औं स्थानमा यथावत छ। फ्रेन्ड्ससँगै च्यासल पनि रेलिगेसन क्षेत्रमा छ।

खेलपछि पुलिसका प्रशिक्षक अनन्तराज थापाले तीन अंकका लागि खेलेको बताउँदै जितमा खुसी रहेको बताए। ’आजको खेलमा हामीलाई तीन अंक आवश्यक थियो। त्यो तीन अंक पायौं’, उनले भने, ‘टोलीमा अझै सुधार गर्नुपर्ने आवश्यक छ।’ च्यासलका प्रशिक्षक लेइघ मानसनले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्नु परेको बताए।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved