कपिलवस्तु । संचारकर्मी शहबाज खान र युवा व्यापारी नसरुल्लाह खांको पहल तथा नेपाल नेत्र ज्योति संघ छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजको आयोजना तथा प्राविधिक सहयोगमा कृष्णानगर नगरपालिका वड़ा नं.१० को बकौली तथा अमौलीमा संचालन भएको २ दिने आँखा शिबिर चेक चाजमा २७३ जनाको चेक गर्दा ६१ जना मोतिया बिन्दु भएको छ ।
विरामीलाई छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगंजले आफ्नै सवारी साधन प्रयोग गरि विरामीहरुलाई अस्पताल लगि निशुल्क आप्रेशन गर्ने तयारी गरेको र ७५ जना आँखा विरामीलाई चश्मा तथा १२० जनालाई औषधी वितरण गरेको अस्पताल प्रशासनले बताएको छ।
नेत्र ज्योति संघ, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजले कपिलवस्तु जिल्ला भरिको ग्रामीण क्षेत्रमा पुंगेर अस्पतालसम्म पुग्न नसक्ने गरिब पिडीत असक्षम तथा वृद्धाहरुको लागि आँखा शिवीर संचालन गरि मोतिया बिन्दुका बिरामीहरुलाई निशुल्क आप्रेशन, चश्मा लाग्ने विरामी लाई निशुल्क चस्मा तथा औषधी बाट निको हुने विरामीलाई निशुल्क औषधी वितरण गरेको सेवा आफैमा सराहनीय तथा प्रशंसा योग्य रहेको र कृष्णनगर नगरपालिका वडा १० का जनतालाई शिविरको माध्यमले २७३ जनालाई दिएको सेवा प्रति अस्पताल प्रशासन, स्वास्थ्यक्रमी तथा सहयोगीहरुलाई हृदयदेखि धन्यवाद र आगामी दिनमा पनि उक्त अस्पतालबाट यस्ता कार्यक्रमहरु संचालन गरि गरिब पिडीत असक्षम तथा वृद्धहरुलाई सेवा तथा सहयोग गर्ने आशा रहेको संचारकर्मी शहबाज खानले बताउनु भयो।
दुई दिने आँखा शिविर कार्यक्रम सफल बनाउनको लागि पुर्व प्रधान मनबहाल खां, दिलशाद अहमद खां, बलवन्त गुप्ता, देविदिन यादव, मुर्तुजा खां लगायतको महत्वपूर्ण भूमिका रहेको थियो ।























