काठमाडौं, माघ २७ । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ५०० रुपैयाँले बढेको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ४०० रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुन प्रतितोला ९३ हजार ४०० मा र तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ । हिजो प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही दरमा नै कारोबार भइरहेको छ ।























