Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

टी-२० शृंखला : श्रीलंकाविरुद्ध अष्ट्रेलिया २० रनले विजयी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ २९, २०७८ मा प्रकाशित

काठमाडौं, माघ २९ । श्रीलंकाविरुद्धको टी-२० शृंखलाको पहिलो खेलमा अस्ट्रेलिया डिएलएस पद्धतिका आधारमा २० रनले विजयी भएको छ । शुक्रबार सिड्नी क्रिकेट रंगशालामा श्रीलंकाले सुरुमा १४९ रनको लक्ष्य पाएको थियो ।

तर, १४.५ ओभरमा ८९ रन बनाएर खेलिरहँदा पानी परेपछि श्रीलंकाले डिएलएस पद्धतिमा १९ ओभरमा १४३ रनको लक्ष्य पाएको थियो । यद्यपि, पुनः निर्धारित १९ ओभरमा श्रीलंकाले आठ विकेट गुमाएर १२२ रनमात्र जोड्न सक्यो । श्रीलंकाका ओपनर पथुम निसाङ्काले सर्वाधिक ३६ रन बनाए । यस बाहेक दीनेश चन्डिमलले २५, चरिथ असलङ्काले १६ र वनिन्दु हसरंगाले १३ रन जोडे ।

यसअघि टस हारेर ब्याटिङमा आएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४९ रनको योगफल खडा गरेको थियो । अस्ट्रेलियाका बेन म्याकडेरमोटले अर्धशतकीय इनिङ खेले । म्याकडेरमोटले ४१ बलमा दुई चौका र तीन छक्कासहित ५३ रन बनाए यस्तै मार्कुस स्टोइनिसले ३० रन जोड्दा जोस इङ्लिसले २३ रन बनाए ।

श्रीलंकाका वनिन्दु हसरंगाले तीन विकेट लिए । यस्तै, दुस्मान्था चमिरा, बिनारा फर्नान्डो र चमिका करुणारत्नेले समान दुई विकेट हात पारे । श्रीलंका पाँच टी-२० क्रिकेट शृंखलाको लागि अस्ट्रेलिया भ्रमणमा आएको हो । एजेन्सी

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved