काठमाडौं, माघ २९ । पछिल्लो २४ घण्टामा देशभर थप ८३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६६५४ जनाको नमूना परीक्षणमा ८३६ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १८२६ जना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २८८८३७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको र हाल देशभर २६१०२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।























