काठमाडौं, फागुन २ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ३२ पैसा र बिक्री दर १२० रुपैयाँ ९२ पैसा कायम गरेको छ । युरो एकको खरिद दर १३६ रुपैयाँ ५८ पैसा र बिक्री दर १३७ रुपैयाँ २६ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६३ रुपैयाँ १८ पैसा र बिक्री दर १६३ रुपैयाँ ९९ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ९६ पैसा र बिक्री दर १३० रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ८६ पैसा र बिक्री दर ८६ रुपैयाँ २९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ९४ पैसा छ। जापानी येन १० को खरिद दर १० रुपैयाँ ४२ पैसा र बिक्री दर १० रुपैयाँ ४८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९३ पैसा र बिक्री दर १९ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ०७ पैसा र बिक्री दर ३२ रुपैयाँ २३ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८५ पैसा र बिक्री दर ३३ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ। मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८६ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०३ पैसा र बिक्री दर १० रुपैयाँ ०८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।























