Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

आयरल्याण्डसँग नेपाल १६ रनले पराजित

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • फाल्गुन २, २०७८ मा प्रकाशित

काठमाडौ । चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको अन्तिम खेलमा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएको छ।

१२८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालका निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रनमा समेटियो । पराजित भएसँगै नेपाल दुई खेलमा पराजय र एक खेलमा जितको नतिजासँगै २ अंकसहित पुछारमा रह्यो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २८ रन जोडे। ३० बलमा उनले एक चौका र एक छक्का प्रहार गरे । यस्तै आसिफ सेखले २२ बलमा २ चौका र एक छक्कासहित २३ रन जोडे। अर्का ओपनर कुशल भुर्तेलले ११ बलमा एक चौका र एक छक्कासहित १५ रन जोडे।

त्यसबाहेक कमलसिंह ऐरी १३, लोकेश बम ६, ज्ञानेन्द्र मल्ल ५, शरद भेषावकर १, कुशल मल्ल ९ रनमा आउट भए । त्यसअघि दीपेन्द्रसिंह ऐरीले करिअरको उत्कृष्ट बलिङ प्रदर्शन गरेपछिटस हारेर पहिले ब्याटिङको निम्तो आयरल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२७ रनमै समेटिएको थियो।

दीपेन्द्रले ४ ओभरमा २१ रनमार्चै खर्चेर ४ विकेट लिएपछि आयरल्याण्ड सो स्कोरमा खुम्चिएको हो ।आयरल्याण्डका जर्ज डोकरेलले २८, कर्टिश क्याम्फरले २०, लोर्कन टुकेरले १५, सान गेटेकाटेले १४ तथा कप्तान एन्डी बलबिर्नीले १९ रन जोडे।

नेपालका लागि दीपेन्द्रबाहेक अविनाश बोहराले २ विकेट लिए। ४ ओभरमा उनले २९ रन रन खर्चिए। यस्तै यसै खेलमार्फत सन्दीपले टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान कायम गरे।

१८औं ओभरमा जर्ज डकरललाई आउट गर्दै उनले उक्त कोशेढुंगा पार गरेका हुन्। टी-२० आईको इतिहासमा सन्दीप तेस्रो सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने खेलाडी समेत बने। सन्दीपले २९ खेलमा उक्त विकेट लिएका हुन्।
सन्दीप अघि श्रीलंकाका बो मेन्डीसले २६ र आयरल्याण्डका मार्क एडिरले २८ बलमा ५० रन पूरा गरेका थिए। नेपालका लागि जितेन्द्र मुखिया र कमलसिंह ऐरीले समेत समान १-१ विकेट लिए।

नेपालले टी-२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि यो शृंखला खेलेको हो। शृंखलाको पहिलो खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो। यस्तै दोस्रो खेलमा भने नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो। ग्लोबल छनोटका खेलहरु फागुन ६ गतेबाट सुरु हुनेछन्। पहिलो खेलमा सोहीदिन नेपालले आयोजक ओमानको सामना गर्नेछ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved