काठमाडौं, फागुन ३ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ६८ पैसा र बिक्री दर १२१ रुपैयाँ २८ पैसा कायम गरेको छ। युरो एकको खरिद दर १३६ रुपैयाँ ४५ पैसा र बिक्री दर १३७ रुपैयाँ १३ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६३ रुपैयाँ १० पैसा र बिक्री दर १६३ रुपैयाँ ९१ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ५३ पैसा र बिक्री दर १३१ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ६३ पैसा र बिक्री दर ८६ रुपैयाँ ०६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ९५ पैसा छ। जापानी येन १० को खरिद दर १० रुपैयाँ ४९ पैसा र बिक्री दर १० रुपैयाँ ५४ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९८ पैसा र बिक्री दर १९ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ १७ पैसा र बिक्री दर ३२ रुपैयाँ ३२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १४ पैसा र बिक्री दर ३३ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ। मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९४ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०८ पैसा र बिक्री दर १० रुपैयाँ १३ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।























