काठमाडौं, फागुन ४ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २४ पैसा र बिक्री दर १२० रुपैयाँ ८४ पैसा कायम गरेको छ। युरो एकको खरिद दर १३६ रुपैयाँ ४५ पैसा र बिक्री दर १३७ रुपैयाँ १३ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६२ रुपैयाँ ९५ पैसा र बिक्री दर १६३ रुपैयाँ ७६ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ र बिक्री दर १३० रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ८२ पैसा र बिक्री दर ८६ रुपैयाँ २५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ०५ पैसा छ। जापानी येन १० को खरिद दर १० रुपैयाँ ४ पैसा र बिक्री दर १० रुपैयाँ ४५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९३ पैसा र बिक्री दर १९ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ०४ पैसा र बिक्री दर ३२ रुपैयाँ २ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ९२ पैसा र बिक्री दर ३३ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ। मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८६ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०५ पैसा र बिक्री दर १० रुपैयाँ ०१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।























