काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७५६ नमुना परीक्षण गरिएको थियो ।
६ हजार ७८२ जनानाको पीसीआर परीक्षण गर्दा ५४८ र दुई हजार ९७४ जनाको एन्टीजेन परीक्षण गर्दा १८५ गरी ६३९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा थप ३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ६०० जन संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २५१ रहेका छन् ।























