काठमाडौं, फागुन ५ । पछिल्लो २४ घण्टामा देशभर थप ५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ९ हजार ७८९ जनाको नमुना परीक्षण गर्दा ५७० जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कुल कोरोना संक्रमितको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७४ हजार ८५७ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार २५० जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १९९३ जना निको हुँदा ६ जना संक्रमितले ज्यान गुमाएका छन् । यस्तै हाल देशभर १६ हजार ६१६ जना सक्रिय संक्रमित रहेका छन् ।























