Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

रेलिगेसनबाट जोगियो एपीएफ

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • फाल्गुन ६, २०७८ मा प्रकाशित

काठमाडौं । विभागीय टोली एपीएफ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको रेलिगेसनबाट जोगिएको छ।

बिहीबार भएको खेलमा दोस्रो स्थानको मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै एपीएफ रेलिगेसनबाट जोगिएको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा एपीएफले मनाङलाई ३–१ गोलले हरायो। एपीएफलाई प्रभावशाली जित दिलाउन आशिष लामा, मनिकुमार लामा र नवीन लामाले एक÷एक गोल गरेका थिए। मनाङका अञ्जन विष्टले एक गोल फर्काए।

सुरुआती एक गोलको अग्रता उल्टाउँदै एपीएफले सानदार जित निकालेको हो। ३७औं मिनेटमा कप्तान अञ्जन विष्टले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि आक्रमक खेल पस्किएको एपीएफले ४०औं मिनेटमा बराबरी गोल गरेको थियो। कप्तान नवीन लामाको पासलाई सदुपयोग गर्दै आशिष लामाले गोल गरेका थिए। ८१औं मिनेटमा मनिकुमारले गोल गर्दै एपीएफलाई २–१ को अग्रता दिलाए। त्यसपछि ८६औं मिनेटमा नवीनले गोल गर्दै एपीएफलाई ३–१ को जित दिलाए।

रेलिगेसनबाट जोगिएको एपीएफले ११ खेलमा १४ अंक जोडेको छ। एपीएफ लिगको आठौं स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा कायमै रहेको मनाङले ११ खेलमा २० अंक जोडेको छ।

यसैगरी अर्को खेलमा न्युरोड टिम एनआरटीले संकटा क्लबलाई १–० गोलले हरायो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीलाई जित दिलाउन २८औं मिनेटमा स्टेफन समीर बिनोङले निर्णायक गोल गरेका थिए।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved