काठमाडौं, फागुन ६ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँमा बढेको छ । बिहीबार प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (शुक्रबार) ९६ हजार ५०० रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुन पनि तोलामा ४०० रुपैयाँले नै बढेर प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार पुगेको छ । अघिल्लो दिन तेजाबी सुनको मूल्य ९५ हजार ६०० रुपैयाँ तोकिएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेको छ । हिजो प्रतितोला १२९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १३०५ रुपैयाँ कायम भएको छ ।























