काठमाडौं, फागुन ८ । आज साताको पहिलो कारोबार दिन (आइतबार) सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको अन्तिम दिन शुक्रबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तोलामा १०० रुपैयाँले बढेर ९६ हजार ६०० रुपैयाँ कायम भएको हो । यसैगरी तेजावी सुनको भाउ पनि तोलामा १०० रुपैयाँले नै बढेर ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।
यता चाँदीको मुल्य भने स्थिर छ । शुक्रबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।























