Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

युक्रेन र रुसको युद्धले, नेपालमा कच्चापदार्थ आयातमा समस्या

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • फाल्गुन १७, २०७८ मा प्रकाशित

काठमाडौ, फागुन १७ गते । विराटनगरका उद्योगीले घिउ र तेल उद्योगका लागि कच्चापदार्थ अभाव हुनसक्ने औँल्याएका छन् । युक्रेन र रुसबाट कच्चापदार्थ आयात गर्न समस्या हुन थालेको भन्दै त्यसको असर नेपालका घिउ र तेल उद्योगमा पर्ने उनीहरूले बताएका हुन् ।

नेपालमा सूर्यमुखीको कच्चा तेल युक्रेन र रुसबाट पैठारी हुँदै आएको छ । यहाँका उद्योगलाई आवश्यक पर्ने ८० प्रतिशत कच्चापदार्थ यी दुई देशबाट आयात भइरहेको जानकारी दिँदै उद्योगीहरूले दुई देश बीचको तनावपछि कच्चापदार्थ आपूर्तिमा समस्या हुने आशङ्का व्यक्त गरेका हुन् ।

गत बिहीबारदेखि रुस र युक्रेनबीच युद्ध भइरहेका कारण भटमास र सूर्यमुखी तेलको कच्चापदार्थ आयातमा समस्या भएको हो । युद्धका कारण यी दुवै मुलुकका बन्दरगाह बन्द हुन थालेकाले सामान ओसारपसार रोकिएको उद्योग सङ्गठन मोरङका कोषाध्यक्ष एवं क्वालिटी आयल रिफाइनरीका सञ्चालक विपिन काबराले जानकारी दिनुभयो ।

आयातमा सहुलियत हुने भएकाले नेपाली उद्योगीहरूले युक्रेन र रुसबाटै सूर्यमुखी र भटमासको कच्चापदार्थ ल्याउने गरेका थिए । बैङ्कहरूले युक्रेनबाट सामान आयात गर्न प्रतीतपत्र (एलसी) खोल्न बन्द गरेको काबराले बताउनुभयो । रुसका लागि स्विफ्ट सिस्टमबाट भुक्तानी गरेर सामान मगाउन असजिलो भएकाले कच्चापदार्थ आयात प्रभावित हुने अनुमान उद्योगीहरूले गरेका हुन् । नेपालमा मात्रै नभएर भारतमा समेत कच्चापदार्थ अभाव हुन थालेको बताइएको छ ।

पशुपति खाद्यतेल उद्योगका सञ्चालक अमित सारडाले दुवै देशबाट लोडिङ र सिपमेन्ट बन्द भएको जानकारी दिनुभयो । दस दिनयता युक्रेन र रुसका बन्दरगाहामा मालसामान भरिएका पानीजहाज रोकिँदा नेपाली आयातकर्ताले ड्यामरेज र डिटेन्सन शुल्क बुझाउनुपरेको व्यवसायीले बताएका छन् । सारडाले युक्रेन र रुसबाहेक सूर्यमुखी र भटमासको कच्चा तेलका लागि पारग्वे र टर्कीबाट आयात गर्ने प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।

तर, सूर्यमुखी र भटमासको मुख्य उत्पादक मुलुकमै युद्ध चलिरहँदा अन्य देशमा पनि मूल्य बढेको छ । पछिल्लो दस दिनमा सूर्यमुखी र भटमासको कच्चा तेलको मूल्य टनको १५० अमेरिकी डलरले वृद्धि भएको उद्योगी सारडाले बताउनुभयो ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.