काठमाडौं, फागुन २० । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार रहेको छ ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १६ पैसा र बिक्री दर १२१ रुपैयाँ ७६ पैसा कायम गरेको छ। युरो एकको खरिद दर १३४ रुपैयाँ ३२ पैसा र बिक्री दर १३४ रुपैयाँ ९९ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६२ रुपैयाँ १४ पैसा र बिक्री दर १६२ रुपैयाँ ९४ पैसा छ।
यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ७२ पैसा र बिक्री दर १३२ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५० पैसा र बिक्री दर ८८ रुपैयाँ ९४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ४१ पैसा छ।
जापानी येन १० को खरिद दर १० रुपैयाँ ४७ पैसा र बिक्री दर १० रुपैयाँ ५२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १७ पैसा र बिक्री दर १९ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ २९ पैसा र बिक्री दर ३२ रुपैयाँ ४५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ २८ पैसा र बिक्री दर ३३ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ०८ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०३ पैसा र बिक्री दर १० रुपैयाँ ०८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।























