Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बर्नलेमाथि चेल्सीको सानदार जित

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • फाल्गुन २२, २०७८ मा प्रकाशित

काठमाडौं । लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सानदार जित हात पारेको छ। चेल्सीले बर्नलेलाई उसकै मैदानमा ४–० ले पराजित गरेको हो।

चेल्सीको जितमा जर्मन विंगर फरवार्ड काई हाभर्टजले दुई गोल गर्दा रिस जेम्स र क्रिस्टियन पुलिसिसले समान एक गोल गरे। टर्फ मुरमा शनिबार राति भएको खेलमा चेल्सीले घरेलु टोली बर्नलेलाई दवावमा राखे पनि गोलका लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो।

खेलको ४७औं मिनेटमा रिस जेम्सले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। उनले ट्रिभो चलोवाहको पासमा गोल गरेका थिए। ५२औं मिनेटमा काई हाभर्टजले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे। उनले क्रिस्टियन पुलिसिसको पासमा गोल गरेका थिए।

खेलको ५५औं मिनेटमा काईले रिस जेम्सको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै चेल्सीलाई सहज जिततर्फ अघि बढाए। खेलको ६९औं मिनेटमा क्रिस्टियन पुलिसिसले गोल गर्दै चेल्सीलाई फराकिलो जित दिलाए।

यो जितसँगै चेल्सीले शीर्ष तीनमा बलियो पकड बनाएको छ। तेस्रो स्थानमा रहेको चेल्सीको २६ खेलमा ५३ अंक रहेको छ। पराजित बर्नले २६ खेलबाट २१ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा रहेको छ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.