Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

श्रीलंका नेभी नेपालसँग १११ रनले पराजित

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • फाल्गुन २४, २०७८ मा प्रकाशित

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंकाको स्थानीय टोली श्रीलंका नेभी स्पोर्टस् क्लबलाई एक सय ११ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

अभ्यास खेलका क्रममा पहिलो ब्याटिङ गरेको नेपाल ३७.१ ओभरमा दुई सय १४ रनमा अलआउट भएको थियो । प्रत्युत्तरमा नेभीले नेपालका बलरहरूको उत्कृष्ट बलिङ सामना गर्न नसक्दा २८.५ ओभरमा एक सय तीन रन मात्र जोड्न सक्यो । नेपालको सानदार जितमा कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका थिए । उनले ७.५ ओभरमा एक मेडनसहित १८ रन खर्चेर ३ विकेट लिए । ब्याटिङमा कमजोर देखिएका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले बलिङमा राम्रो प्रदर्शन गरे । उनले एक ओभरमा आठ रन खर्चेर २ विकेट लिए । विक्रम सोबले चार ओभरमा १३ रन खर्चेर २ विकेट लिए ।

फास्ट बलर करण केसीले पाँच ओभरमा एक मेडन राखी २० रन खर्चेर एक विकेट लिए । कमलसिंह ऐरी र सागर ढकालले समान एक विकेट हात पारे । श्रीलंकाको नेभीका लागि ब्याटिङ इनिङ्समा मधुशंकाले सर्वाधिक ३९ रन बनाएका थिए । उनले ६८ बल सामना गरे । नेभीका अन्य कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । नेपालको ब्याटिङमा फर्ममा रहेका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ५२ बलमा तीन चौका र एक छक्का प्रहार गरेका थिए । ओपनर कुशल भुर्तेल १३ बलमा तीन चौकाको सहयोगमा १६ रन जोडे । अर्का ओपनर आसिफ शेख ३८ बलमा पाँच चौकासहित ३६ रन बनाए ।

मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेल १३ रन र विनोद भण्डारी २२ रन जोडे । विनोदले २५ बलमा दुई चौका हिर्काए । रोहितले १५ बलमा दुई चौका प्रहार गरेका थिए । कमलसिंह ऐरीले सामान एक चौका र छक्का प्रहार गरी १६ रन बनाए । सन्दीप र र विक्रम सोबले समान ११ रन बनाए । यसैगरी सागर ढकालले २० बलमा १३ रन जोडे । नेपालले १६ रन अतिरिक्त पाएको थियो ।नेभीका लागि स्पिनर अरविन्द अकुरुगोडाले ९.१ ओभरमा एक मेडन राखी ५९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अवदतले १० ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए ।

नेपाल युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने आइसिसी विश्वकप लिग–२ को तयारीका लागि चार अभ्यास खेल खेल्न श्रीलंका गएको हो । नेपालले दोस्रो अभ्यास खेलमा मंगलबार नेभीसँग नै खेल्नेछ । तेस्रो अभ्यास खेल ११ मार्चमा श्रीलंका पुलिस र १२ मार्चमा कोलोम्बो–११ सँग खेल्नेछ । कोलोम्बो–११ मा प्रथम श्रेणीमा खेलेका खेलाडी हुनेछन् । विश्वकप लिग–२ मा नेपालले पहिलो खेल १६ मार्चमा पपुवा न्युगिनी (पिएनजी) सँग खेल्नेछ ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.