काठमाडौं, फागुन २७ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँ पुगेको छ । बिहीबार सुन तोलाको एक लाख दुई हजार रुपैयाँ कायम थियो । आज तेजावी सुनको मूल्य पनि सोही दरमा बढेर तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।
यता चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।























