काठमाडौं, फागुन २९ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ २५ पैसा र बिक्री दर १२२ रुपैयाँ ८५ पैसा कायम गरेको छ ।
युरो एकको खरिद दर १३४ रुपैयाँ १३ पैसा र बिक्री दर १३४ रुपैयाँ ७९ पैसा कायम गरिएको छ । पाउन्ड स्टर्लिङ एकको खरिद दर १५९ रुपैयाँ ८२ पैसा र बिक्री दर १६० रुपैयाँ ०६ पैसा छ । यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ २३ पैसा र बिक्री दर १३१ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ४५ पैसा र बिक्री दर ८९ रुपैयाँ ८९ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ १६ पैसा छ । जापानी येन १० को खरिद दर १० रुपैयाँ ४६ पैसा र बिक्री दर १० रुपैयाँ ५१ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ३० पैसा र बिक्री दर १९ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ५९ पैसा र बिक्री दर ३२ रुपैयाँ ७५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४५ पैसा र बिक्री दर ३३ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ १५ पैसा छ भने बिक्री दर २९ रुपैयाँ २९ पैसा रहेको छ।
यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९० पैसा र बिक्री दर ९ रुपैयाँ ९५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।























