काठमाडौं, फागुन २९ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको २०० रुपैयाँले बढेर एक लाख दुई हजार ८०० रुपैयाँ पुगेको छ । यसअघि, गत साताको अन्तिम दिन शुक्रबार सुन तोलाको एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आइतबार तेजावी सुन प्रतितोला एक लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । शुक्रबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार एक हजार ४२५ रुपैयाँ पुगेको छ ।























