काठमाडौं, फागुन ३० । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ २५ पैसा र बिक्री दर १२२ रुपैयाँ ८५ पैसा कायम गरेको छ ।
युरो एकको खरिद दर १३३ रुपैयाँ ३९ पैसा र बिक्री दर १३४ रुपैयाँ ०४ पैसा कायम गरिएको छ । पाउन्ड स्टर्लिङ एकको खरिद दर १५९ रुपैयाँ ३९ पैसा र बिक्री दर १६० रुपैयाँ १७ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ७८ पैसा र बिक्री दर १३१ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ १३ पैसा र बिक्री दर ८९ रुपैयाँ ५७ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ४० पैसा छ ।
जापानी येन १० को खरिद दर १० रुपैयाँ ४२ पैसा र बिक्री दर १० रुपैयाँ ४७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ २८ पैसा र बिक्री दर १९ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ५९ पैसा र बिक्री दर ३२ रुपैयाँ ७५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३७ पैसा र बिक्री दर ३३ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ १५ पैसा छ भने बिक्री दर २९ रुपैयाँ २९ पैसा रहेको छ । यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८८ पैसा र बिक्री दर ९ रुपैयाँ ९३ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।























