काठमाडौं, चैत १ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ २० पैसा र बिक्री दर १२२ रुपैयाँ ८० पैसा कायम गरेको छ ।
युरो एकको खरिद दर १३४ रुपैयाँ १० पैसा र बिक्री दर १३४ रुपैयाँ ७४ पैसा कायम गरिएको छ । पाउन्ड स्टर्लिङ एकको खरिद दर १५९ रुपैयाँ ४१ पैसा र बिक्री दर १६० रुपैयाँ १९ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ८६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६१ पैसा र बिक्री दर ८९ रुपैयाँ ०४ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ २५ पैसा छ ।
जापानी येन १० को खरिद दर १० रुपैयाँ ३६ पैसा र बिक्री दर १० रुपैयाँ ४१ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ २१ पैसा र बिक्री दर १९ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ५७ पैसा र बिक्री दर ३२ रुपैयाँ ७३ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४३ पैसा र बिक्री दर ३३ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ०६ पैसा छ भने बिक्री दर २९ रुपैयाँ २० पैसा रहेको छ । यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८८ पैसा र बिक्री दर ९ रुपैयाँ ९२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।























