काठमाडौं, चैत १ । नेपाली बजारमा मंगलबार सुन तोलामा १८०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ५०० रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भईरहेको छ ।
यता मंगलबार चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ । सोमबार तोलामा १४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १३८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।























