काठमाडौ, चैत २ । नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले घटेको छ ।
मंगलबार प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार ९९ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

यस्तै तेजावी सुन पनि सोही दरमा नै घटर प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार प्रतितोला १३८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १३७० रुपैयाँ कायम भएको हो ।















