काठमाडौं, चैत ४ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९८ पैसा र बिक्री दर १२१ रुपैयाँ ५८ पैसा कायम गरेको छ । युरो एकको खरिद दर १३३ रुपैयाँ ५१ पैसा र बिक्री दर १३४ रुपैयाँ १८ पैसा कायम गरिएको छ । पाउन्ड स्टर्लिङ एकको खरिद दर १५९ रुपैयाँ ३१ पैसा र बिक्री दर १६० रुपैयाँ ०१ पैसा छ ।
यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ७१ पैसा र बिक्री दर १२९ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६१ पैसा र बिक्री दर ८९ रुपैयाँ ०५ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ९५ पैसा छ ।
जापानी येन १० को खरिद दर १० रुपैयाँ ०२ पैसा र बिक्री दर १० रुपैयाँ २६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०५ पैसा र बिक्री दर १९ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ २४ पैसा र बिक्री दर ३२ रुपैयाँ ०४ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ११ पैसा र बिक्री दर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ८४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९८ पैसा रहेको छ ।
यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९७ पैसा र बिक्री दर १० रुपैयाँ ०२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।























