काठमाडौं, चैत ४ । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ५ सय ९२ पीसीआर परिक्षणका क्रममा १२ जना र ३ हजार ३ सय २२ एन्टीजेन परिक्षणका क्रममा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रबार पनि कोरोनाबाट मृत्यु संख्या शून्य नै रहेको छ । त्यस्तै सोही अवधीमा थप ३ सय ९२ संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ९ लाख ६२ हजार १ सय ७३ जना निको भइसकेका छन् ।
हाल नेपालमा ३ हजार ९ सय ९६ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।























