नर्वे, चैत ५ । चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटना भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ ।
नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य अमेरिकालाई थाहा रहेको र हाल घटनाको मूल्याङ्कन गरिरहेको अमेरिकी मरीन कोर्प्सका प्रवक्ता स्पुतनिकले बताए ।
नर्वेली उद्धार केन्द्रले गरिरहेको खोज र उद्धार कार्यलाई अमेरिकी सेनाले सहयोग गरिरहेको प्रवक्ताले बताए । अमेरिकी मरीन कोर्प्सका प्रतिनिधिले ओस्प्रे विमानले एक्सरसाइज कोल्ड रेस्पोन्स २०२२ नामक नाटो सैन्य अभ्यासमा भाग लिइरहेको पनि बताए ।























