काठमाडौं, चैत ५ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा पुन: स्थगित गरेको छ ।
आउँदो चैत ८ गतेदेखि उपप्राध्यापक पदको परीक्षा गर्ने तयारी गरेको आयोगले शनिबार एक सूचना जारी गर्दै परीक्षा स्थगित गरिएको जानकारी दिएको हो ।
विज्ञापन नम्बर ७०१/०७७/०७८ देखि ८२५/०७७/०७८ सम्मको पदमा पदपूर्ति नगर्न भनी सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको भन्दै अनिश्चितकालका लागि परीक्षा स्थगित गरिएको हो ।
सर्वोच्च अदालतबाट अर्को आदेश प्राप्त हुनासाथ परीक्षा तालिका प्रकाशित गर्ने आयोगले जनाएको छ ।
























