काठमाडौं, चैत ५ । भैरहवाका भुपेन्द्र थापा मगर नेपाल आइडल सिजन–४ को विजेता बनेका छन् ।
आज भएको ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै भुपेन्द्रले नेपाल आइडल सिजन–४ को उपाधि जितेका हुन् । उनले टाइटलसँगै नगद ३० लाख रुपैयाँ हात पारेका छन् ।
यस्तै फष्टरनरअप भएका नाम्गेल तामाङले ५ लाख रुपैँया र ट्रफी पाए भने सेकेन्ड रनरअप भएका रञ्जित नेपालीले ३ लाख रुपैँया र ट्रफी पाए । ग्रान्ड फिनालेमा भुपेन्द्रसँगै नाम्गेल तामाङ, रञ्जित नेपाली, लक्ष्मी पौडेले र विश्वास उप्रेती पुगेका थिए ।
त्यस्तै झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भएका छन् । उनीहरुले गिटार र दस लाख बराबरको बीमा पाएका छन् ।























